काठमाडाैं ।। दश दलीय गठबन्धनले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए। “गठबन्धनको बैठकले हाम्रो उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ”, राउतले भने।
झा जनमत पार्टीकी नेत्री हुन्। यसअघि फागुन २६ गते बसेको जनमत पार्टीको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्।
गठबन्धनको बैठकले गरेको निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भने असहमति जनाएका छन्। जसपाले छुट्टै उपराष्ट्रपतिको उम्मेदवार उठाउन सक्ने राउतको भनाइ छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












