रौतहट ।। झूठा विज्ञप्ति निकालेका मौलापुर विद्युत प्राधिकरण प्रति आक्रोस व्यक्त गर्दै आम जनता पार्टीका नेता त्रिभुवन साहले, मौलापुर नगरपालिकालाई विद्युत प्राधिकरणबाटै बद्नाम गराउने संकाशपद क्रियाकलाप भएकोले मौलापुर वितरण केन्द्रका प्रमुख अरुण साहलाई हदैसम्मको कार्यवाहीको मागँ गरेका छन् ।
राष्ट्र प्रमुखको कार्यक्रमलाई नै प्रभावित पर्ने गरि विद्युत अवरोद्ध गर्नु सर्व प्रथमनै सरासर गलती रहेकोले त्यो गल्ती सुधान गर्नूको साटो आयोजक माथी ननाथरिको आरोप सहित विज्ञप्ती जारी गर्नु अर्को महा गलती गरेको भन्दै नेता साहले त्यस्ता भ्रष्ट कार्यालय प्रमुख अरुण साहलाई कार्यवाही गर्ने मागँ गरे ।
मंगलवार मधानी महोत्सवको आयोजक मौलापुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता साहले भन्ने, केन्द्रका प्रमुख साहले मधानि महोत्सवलाई नै प्रभावित गर्न योजना अनुसार विद्युत अवरुद्ध गर्न खोज्दा आफूहरुले उनको त्यो योजना असफल पारेकोले झूठा आरोप लगाएको बताए ।
रौतहटको मौलापुर नगरपालिकाले फाल्गुन ५ गतेदेखि ७ गतेसम्म पतौरा स्थित महादेव मन्दिरको प्राङ्गणमा मधानि महोत्सवको आयोजना गरेको थियो । फागुन ५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले महायज्ञ उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । सोही दिन महायज्ञलाई बिथोल्ने उदेश्यले मौलापुर वितरण केन्द्रका प्रमुख साहले बिहानै देखि विद्युत लाइन अबरुद्ध गरेको थियो ।
उपराष्ट्रपति जस्तो अति विशिष्ट व्यक्ति मधानी महोत्सव उद्घाटन गर्न आउँदा विद्युत कार्यालयले विद्युत सेवा अवरुद्ध गरेको भन्दै आयोजक तथा आफूहरु कार्यालयमा गई विद्युत सेवा सुचारु गर्न आग्रह गर्दा कार्यालय प्रमुख साहले नमाने पछि सहायक इन्जिनियर महेन्द्र चौधरीलाई विद्युत जडान गर्न लागउदा इन्जिनियर चौधरीलाई माथि कुटपिट अपहरण जस्ता आरोप झूठा रहेको बताए ।
कार्यालय प्रमुख साहले आरोप लगाए जस्तो आफूहरु इन्जिनियर चौधरीलाई कुटपिट तथा अपहरण नगरेको दाबी गर्दै नेता साहले कर्मचारीलाई कुटपिट गरेको आरोप लगाई जनतालाई भ्रमित गर्न खोजेको बताए । मीटरको बहाना बनाएर हाकिम साहले प्रख्यात महोत्सवलाई असफल गर्न खोजेको उनले बताए ।
मौलापुर नगरपालिकाले नगरभरी विद्युत निःशुल्क रहेको अवस्थामा मीटर लगाउने कहि कुनै कुरा नभएको र आफना असफल योजना छुपाउन आयोजकले कर्मचारी कुटेको आरोप झूठा, भ्रामक, गलत र कपोकल्पित रहेको उनले बताए । आफूहरुलाई महोत्सवको लागि विद्युत प्रयोग गर्न मीटर लगाउन कार्यालयले कहिलै नभनेको र मीटरको झूठा आरोप लगाई नगरपालिकालाई बद्नाम गर्ने कार्य गर्ने हाकिम साहलाई आवश्यक कार्यवाही गर्न उनले माग गरे ।
झूठा विज्ञप्ति निकालेर नगरपालिकालाई बदनाम गर्ने कार्यालय प्रमुख साहलाई हदैसम्म को कार्यवाही गर्न प्रशासनसँग माग गर्दै नेता साहले केही दिन पहिला दिलकुमार साहले महोत्सव गर्न रोक लगाउन अदालतमा मुदा दिएकी थिईन, सोही योजना अनुसार मौलापुर वितरण प्रमुख साह र दिलकुमारी साहको सम्बन्धबाटै यस्ता झूठा, भ्रामक, गलत र कपोकल्पित आरोप लगाएकोले सत्यतथ्य छानवीन गरि दोसीलाई कार्यवाही गर्न प्रशासन संग जोडदार मागँ गरे ।
Home प्रदेश समाचार मधेश प्रदेश दिलकुमारीको ईशारामा राष्ट्र प्रमुखको कार्यक्रम नै अवरोद्ध गर्ने गलत प्रयासलाई छुपाउन अनर्गल...
दिलकुमारीको ईशारामा राष्ट्र प्रमुखको कार्यक्रम नै अवरोद्ध गर्ने गलत प्रयासलाई छुपाउन अनर्गल प्रचार :- अमर साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।