काठमाडौं ।। सरकारले गुण एयरको जहाज ग्राउण्डेड गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको सम्पूर्ण उडान ग्राउण्डेड गरेको हो ।
क्यान स्रोतका अनुसार पाइलट र कर्मचारीलाई तलब नदिएको गुनासो आएपछि सम्पूर्ण उडान ग्राउण्डेड (बन्द) गरिएको हो । ‘हामीलाई केही समयअघि देखि कर्मचारीले गुनासो गर्दै आएका थिए, गुण एयरका सञ्चालकसँग कुरा भएपछि नियमित तबल दिएको पाइएको थियो, उहाँहरुले पुनः सोही गल्ती गरेपछि हामीले उडान रोक्यौँ’, क्यान स्रोतले भन्यो, ‘नियमित रुपमा कम्पनीले तबल नदिएपछि हवाई सुरक्षामा असर पर्ने देख्दै अनिश्चित कालका लागि उडान ग्राउण्डेड गरियो ।’ क्यानले जहाज ग्राउण्डेड गरेतापनि गुण एयरले भने जहाजमा प्राविधिक समस्या आएको र पाइटल तालिममा रहेका कारण केही समय उडान बन्द गरिएको जनाउँदै आएको छ ।
फागुन १ गतेदेखि गुण एयरका जहाज ग्राउण्डेड भएका हुन । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ ।गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।
प्राधिकरणले रोक्यो गुण एयरको सम्पूर्ण उडान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।