काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तिन विकेटले पराजित गरेको छ ।
स्कटल्याण्डले दिएको लागि दुई सय ७५ रनको विशाल लक्ष्य नेपालले ७ विकेट गुमाई पुरा गर्न सफल रहयो ।
नेपाललाई जित दिलाउन कुशल मल्ल ८१ रन र दिपेन्द्र सिह ऐरी नटआउट ८५ रन प्रहार गरे एक समय धरापमा परेको नेपालको इनिङ्गलाई उनीहरुले समाली जित तर्फ फर्काएका थिए । त्यो बाहेक नेपालका ब्याटर गुल्सन झा १७ कुशल भुर्तेल,१६ र सोमपाल कामी नटआउट २४ प्रहार गरि जित दिलाए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो। स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।
त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९÷१९ रन जोडे । क्रिश ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यू क्रसले दुई रन मात्र बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक÷एक विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here