काठमाडाैं ।। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ । आज दिउँसो ३ बजे बस्ने बैठकमा दलका नेताहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय तथा सरकार सञ्चालनका विषयमा छलफल हुने महासचिव देव गुरुङले बताउनुभयो । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी योजनाका बारेमा मन्तव्य दिनुभएको थियो । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको माग गर्दै दुई दिनको अल्टिमेटम दिएपछि सरकारको नेतृत्वकर्ता दल माओवादीको बैठकमा आज त्यस बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here