काठमाडाैं ।। भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here