काठमाडाैं ।। सैन्य–शासित बुर्किना फासोले फ्रान्सेली सेनाको प्रस्थानको माग गरेको छ । त्यहाँको सैन्य सरकारले सन् २०१८ मा देशमा फ्रान्सेली सेनाको उपस्थितिलाई अनुमति दिएको सैन्य सम्झौतालाई निलम्बन गर्दै देशमा तैनाथ फ्रान्सेली सेनालाई एक महिनाभित्र प्रस्थान गर्न आदेश दिएको हो । यस आदेशउपर पेरिसबाट तत्काल कुनै प्रतिक्रिया भने आएको छैन।बुर्किना फासोमा फ्रान्सका करिब ४ सय विशेष बल सैनिकहरू छन् जसले अल–कायदा र आईएसआईएस सँग सम्बद्ध समूहहरूसँग लडिरहेको छ। यो आदेशलाई गत वर्षको सेप्टेम्बरमा दोस्रो सैन्य कू पछि फ्रान्स र यसको पूर्व उपनिवेशबीच बिग्रिएको सम्बन्धको पछिल्लो सङ्केतका रुपमा लिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here