काठमाडाैं ।। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वास मत लिन लाग्नुभएको हो । हिजो प्रदेश सभाको बैठकबाट प्रदेश १ को सभामुखका बाबुराम गौतम निर्वाचित हुनुभएको हो । नेकपा एमालेको ४० जना, नेकपा माओवादी केन्द्रको १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ जना र जनता समाजवादीको एकजना गरी ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । ९३ जना सदस्य रहेको प्रदेश १ सभामा विश्वासको मत प्राप्त गर्नका लागि ४७ जना भए पुग्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here