काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाबुराम भट्टराई शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
भेटमा भट्टराईका अतिरिक्त सोही पार्टीका गंगा श्रेष्ठ र विश्वदीप पाण्डे पनि सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डले यही २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै गरेको विषयमा छलफल भएको पाण्डेले जानकारी दिए। वातावरण राम्रो बनाएर विश्वासको मत लिने विषयमा छलफल भएको उनको भनाइ छ।
त्यस्तै, वाम पार्टीहरु एक ठाउँमा उभिएर समाजवादी केन्द्र बनाउने र त्यसका लागि नेतृत्व लिने विषयमा पनि छलफल भएको पाण्डेको भनाइ छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here