रौतहट ।। रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।
उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । पत्रकार सम्मेलन आज दिउँसो ३ बजे आयोजना गरिएको छ । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here