सांकेतिक तस्विर

काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढ्ने बताएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
देउवाले आफूलाई दलको नेतामा विजयी गराएकामा सांसदहरूलाई धन्यवाद व्यक्त गरे । उनले अबका दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजान आफू प्रतिबद्ध रहेको बताए ।
बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा ६४ मत ल्याएर विजयी भएका छन्। देउवाका प्रतिष्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे । सभापति देउवा योसँगै छैठौं पटक पार्टीको संसदीय दलको नेता बनेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here