रौतहट ।। रौतहट जिल्लाको मौलापुर नगरपालिका र बौधिमाई नगरपालिकाबाट सशस्त्र प्रहरीको टोलीले पिकअप सहित सालको काठ र लता कपडा सहितको समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण बाट खटि गएको सशस्त्र प्रहरी निरीक्षक जय बहादुर चौधरी नेतृत्वको गस्ती टोलीले चेक जांच गर्ने क्रममा मौलापुर नगरपालिका वड़ा नम्बर ३ बाट बा २० च ३६३४ नम्बरको बोलेरो पिक अपमा लोड गरेको ४० थान सालको काठ बरामद गरेको हो ।
४४ क्यूफिट काठ सहित पक्राउ परेको पिक अपको मूल्य १ लाख ७४ हजार २ सय रुपैया कायम गरी कार्यवाहिको लागि जिल्ला डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमीनियाले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीको कमाण्डको टोलीले बौधिमाई नगरपालिका वड़ा नम्बर ८ हनुमान चौकबाट भारत बाट अवैध रुपमा ल्याउदै गरेको समानहरु पक्राउ गरेको छ ।
बी आर ०६ सी इ ६५१५ र बी आर ०६ सी ६६२६ नम्बर को मोटर साइकलमा लोड गरिएको ३३ हजार ८ सय ४० रुपैया मूल्य बरावरको जूता , चपल , कपडा नियंत्रण मा लिएर कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिएका छन ।
रौतहटमा सशस्त्र प्रहरीद्वारा पिक अप सहित काठ पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।