राैतहट ।। मधेश प्रदेश सभा सदस्य शोभादेवी साहले एक करोड रुपैया मुल्य बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेका छन ।
ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान दिने घोषणा गरेकी हुन् । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएका छन् ।
जनता समाजवादी पार्टीको समानुपातिक तर्फबाट निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए । सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिए ।
मधेश प्रदेश सदस्य शोभादेवी साहका पति रामायण साह तथा उनका दाजु राजहरण साह, वैकुण्ठ साह र शिवजी साह नाममा रहेको सो जग्गा एक हप्ता भित्रमा वडा कार्यालयको नाममा पास गरि भवन वनाउन सुरु हुने प्रदेश सभा सदस्य साहले बताए । सो कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पुर्व प्रदेश सदस्य राम किशोर यादव, केन्द्रीय सदस्य विवेक यादव जनता समाजवादी पार्टीका महमद कलाम लागायतका नेताले सो जग्गा दान गर्ने कार्यको सराहना गरेका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश एक करोड पर्ने जग्गा ईशनाथ नगरपालिकालाई दानमा दिने शोभादेवी साहकाे घोषणा
एक करोड पर्ने जग्गा ईशनाथ नगरपालिकालाई दानमा दिने शोभादेवी साहकाे घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।