रौतहट ।। रौतहटको माधवनारायण नगरपालिका–६ बाट प्रशारण हुँदै आएको बज्जिका एफ.एम ९९.४ मेगाहर्ज आजबाट पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७८ साल मंसिर २९ गते एफएमले आफ्नो प्रशारण सुरु गरेको थियो । एफएमका अध्यक्ष दिनेश यादव संगमले दोस्रो वार्षिक उत्सवको अवसरमा समस्त कर्मचारी,बिज्ञापनदाता,श्रोता एवम शूभचिन्तकहरुमा शूभकामना व्यक्त गर्नुभएको छ ।
स्थापनाको दोस्रो वर्ष सम्म एफएमलाई यो सफलतासम्म पुर्याउन सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष यादवले आभार व्यक्त गर्नुभएको छ ।
बिहान ४ः५० बजेदेखी राती ११ बजे सम्म प्रशारण हुँदै आएको यस बज्जिका एफ.एमले देश विदेशका समाचार,विभिन्न स्थानीय तहसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम र गतिविधि,स्वास्थय,शिक्षा र मनोरञ्जन लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।