काठमाडाैं ।। सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्ताे निर्देशन दिएको हो।
जबरा बालुवाटारबाट आएर सर्वोच्चमा प्रवेश गर्न खोजे रोक्न भनी गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालत क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चोलेन्द्रलाई रोक्न सर्कुलर पठाएको छ । बुधबार मात्र संघीय संसद्का महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना दिएका छन् । गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए।
बुधबार संसद सचिवालयकाे पत्र पाएलगत्तै चाेलेन्द्र हाजिरी गर्न सर्वोच्च जाने तयारीमा थिए । कानुन व्यवसायीकाे धर्नाका कारण उनी सर्वाेच्च जान सकेनन् ।
चोलेन्द्रशमशेरलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन सरकारकाे निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












