राैतहट ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ८ सरमुजबामा रहेको शंकर माध्यमिक विद्यालयमा छात्रबृतिको रकम निकासा भएको ५ महीना विति सकदा पनि वितरण हुन सकेको छैन ! विद्यालयको नाउमा नगरपालिकाले शैक्षिक सत्र २०७९/०८० को छात्रवृतिको रकम २ लाख ४२ हजार ८ सय रुपैया गएको २०७९ साल आषाढ़को अंतिम सत्तामा निकशा पठाएको भएपनि वितरण गरिएको छैन ! वड़ा अध्यक्ष विन्देश्वर राय यादवले प्राध्यानध्यापक संजय जायसवाललाइ विद्यार्थीहरुलाई छात्रबृतिको रकम वितरण गर्न पटक पटक भन्दा पनि वितरण गर्नमा आनाकानी गरेकोले स्पस्टीकरण सोधिएको बताएका छन ! उनले भने वड़ा बाट कारण सहितको जवाव पठाउन पत्राचार गरिएको छ , अहिले सम्म विद्यालयले जवाव नदिएको वड़ा अध्यक्ष यादवले बताए ! अभिभावकहरुले गुनासो गर्दा पत्र काटिएको उनले बताए ! विद्यालयमा अध्यनरत १३७२ विद्यार्थीमा ७९७ जना लाइ छात्रबृतिको रकम बितरण गर्नु पर्नेमा नगरपालिकाबाट ७६ हजार रकम अपुग भएकोले समस्या उत्पन्न हुने अवस्था रहेकोले रोकिएको प्राध्यानध्यापक जायसवालले बताएका छन ! छात्राको संख्या ६३७ र दलित छात्र १६० रहेका छन जस्मा नया विद्यार्थी पनि सहभागी भएकोले रकम अपुग भएको उनको भनाइ रहेको छ ! आषाढ़ महीनामा नगरपालिकामा विद्यार्थीहरुले आक्रमण गरेपछि समस्या जटिल भएको कारण रकम बितरण गर्ने अवस्था नरहेको जिकिर उहाले गरे ! पछि निर्वाचन , पर्व त्यौहारको कारण रोकिएको रकम अव वड़ा कार्यालय संग सहकार्य गरेर वितरण गर्ने बताए ! नया विद्यार्थी १९० जनको रकम नआएकोले पुरानो विद्यार्थीलाइ सहकार्य गरी रकम उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए ! विद्यालयमा शिक्षकको चरम आभावको कारण माध्यमिक तहका विद्यार्थीहरुलाई अध्यन अध्यापन प्रभावित भई रहेको छ ! दरबन्दी अनुसारको शिक्षक शिक्षिका नभएको कारण विद्यार्थीहरुलाई समस्या उत्पन्न भैरहेको अवस्थामा नगरपालिकाले यस प्रति गंभीर नभएको आरोप उहाको रहेको छ ! माध्यमिक तहमा नेपाली , अंग्रेजी , विज्ञानं विषयको शिक्षक नै रहेको छैन ! प्राध्यानध्यापक जायसवाल र सामाजिक शिक्षक १ जना मात्र रहेको विद्यालयको विद्यार्थीहरुको भविष्य अन्धकारमा फस्दै गएको छ ! ठूलो संख्यामा विद्यार्थी रहेको उक्त विद्यालयमा १३ जना शिक्षक कर्मचारी रहेका छन ! माविमाँ २ जना राहतमा १ जना ,निमाविमाँ ४ र प्रावि तहमा १ जना गरी ५ जना , निजी स्रोत बाट ३ जना शिक्षक रहेका छन ! उधारोमा बालबालिका लाइ खाजा खुवाउनु परेको गुनासो प्राध्यानध्यापक जैस्वालको रहेको छ ! राजनितिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति नहुँदा नगरपालिकाको नगर सभा हुन सकेको छैन ! नगर सभा नहुँदा कर्मचरिहरु साउन महीना देखि तलब बाट बंचित भएका छन ! विकास निर्माणको कार्यहरु समेत प्रभावित भएको वड़ा अध्यक्ष यादवले बताए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here