दोलखा ।। दोलखामा मतगणना जारी छ । पछिल्लो नतिजा अनुसार दोलखामा प्रतिनिधि सभातर्फ नेकपा माओबादी केन्द्रले अग्रता लिएको छ ।प्रतिनिधि सभा तर्फ नेकपा माओबादी केन्द्रका गंगा कार्की २७१ मत सहित अगाडि रहनुभएको छ। शिवाकोटीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका बालकृष्ण शिवाकोटीले २१ हजार १४१ मत प्राप्त गर्नुभएको छ । हाल प्रतिनिधि सभा तर्फ दोलखामा ४६ हजार १३२ मतगणना भएको दोलखाका मुख्य निर्वाचन अधिकृृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रदेश सभा (क) तर्फ भने नेपाली काँग्रेसका कुन्दन राज काफ्ले फराकिलो मतान्तरसहित अगाडि रहनुभएको छ । काफ्लेले १९ हजार ४६३ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ८८० मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (ख)मा भने नेकपा एमालेका भरत बहादुर केसी विजयी भैसक्नुभएको छ । प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा एमालेले जित निकालेको छ । काँग्रेसका बर्मा लामालाई पराजित गर्दै प्रदेश सभा (ख) मा नेकपा एमालेका भरत बहादुर केसी विजयी हुनुभएको हो । दोलखा (ख) मा केसीले १९ हजार ४१४ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी काँग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत ल्याउनु भएको छ । केसीले १ हजार ८१९ मतले लामालाई पछि पार्दै विजयी हुनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here