काठमाडौं ।। निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ९६ लाख ४७ हजार ४१० मत गणना सकिएको जनाएको छ । सोमबार बिहान ११ बजेको विवरणअनुसार नेकपा एमालेले २६ लाख ३३६ मत पाएको पहिलो स्थान कायमै राखेको छ भने कांग्रेसले २४ लाख ६४ हजार ३१ मत पाएर एमालेलाई पछ्याइरहेको छ ।
यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ०७ हजार ७१८ तथा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७५ हजार १५५ मत पाएको छ । स्वतन्त्र पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५३ हजार ९७४,जसपाले ३ लाख ६७ हजार ७६०, जनमत पार्टीले ३ लाख १६ हजार ५९२ तथा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ६५ हजार ९८४ मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५४८ मत पाएको छ भने लोसपाल १ लाख ३८ हजार ६९० मत सहित ११ औं स्थानमा रहेको छ ।
यस्तै पुछारमा रहेको नेश्नलिष्ट पुपल्स पार्टीले १ हजार ८४९ मत पाएको छ । समानुपातकमा करिब १ करोड ९ लाख मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here