रौतहट ।। रौतहटको सदरमुकाम समेत रहेको गौर नगरपालिको विगत देखि विकास कमजोर रहेकोले हामी भोट भन्दा विकासको राजनैतिक गर्ने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताउनु भएको छ ।
आम चुनाव सकिए लगत्तै गौरको मुटु मधेशी क्रान्ति चौकको चौतर्फी सडक नाला निर्माण छिटो सक्नि योजना संचालकहरुलाई निर्देशन गर्दै, विकास निर्माणमा सवै अवरोधलाई सामाधान गर्दै अगाडी बढने बताए ।
मेयर साहले, गौरको विकासमा सवै जनताको साथ र सहयोगको आवश्यक्ता रहेको र विकास निर्माणको लागि अतिक्रमित सडक पेटीहरु तत्काल खाली गर्ने आग्रह गरेका छन ।
अतिक्रमण हटाऔ, आफ्नो टोल, नगरलाई सफा र स्वच्छ बनाऔं भन्दै मेयर साहले, नगर क्षेत्रको सडक, नाला, मठ मन्दिर लगायत सार्वजनिक स्थलहरु अतिक्रमन गरि गाई, भैंसी, बाख्रा जस्ता चौपाया बाध्ने, फोहोर जन्य पदार्थ थुपार्ने, सडक अबरोध गर्ने, नदि नाला पोखरी फोहोर गर्ने, जथाभावी फोहर फाल्ने जस्ता कार्य नगर्न नगराउन र बिपी चौक देखि उतरको चिरान मिल जाने बाटो, पूर्व जि.प्र. का जाने बाटो र पश्चिम मचकुटिया जाने बाटोलाई निर्धारित मापदंड अनुरूप क्लियर गन समेत अनुरोध गरेका छन् ।
गौर नगरपालिकाले विपी चौकको चौतर्फी बाटो छेउमा नाला बनाउने काम सुरु गर्ने योजना बनाएको छ । मेयर शम्भु साहले गरेको नाला बनाउने प्रयास सफल भएमा असार, साउनमा डुब्ने विपी चौक र सयौं घरले पानीको निकास पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here