काठमाडौं ।। निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ९३ लाख २१ हजार ५५३ मत गणना सकिएको जनाएको छ । सोमबार बिहान एक बजेको विवरणअनुसार नेकपा एमालेले २५ लाख ३८ हजार ३४१ मत पाएको पहिलो स्थान कायमै राखेको छ भने कांग्रेसले २४ लाख २ हजार ९८८ मत पाएर एमालेलाई पछ्याइरहेको छ ।
यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रले १० लाख ६६ हजार ६४१ तथा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २५२ मत पाएको छ । स्वतन्त्र पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९३३,जसपाले ३ लाख २७ हजार ९१०, जनमत पार्टीले २ लाख ६४ हजार ४२ तथा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ५२ हजार ६८९ मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९५२ मत पाएको छ भने लोसपाल १ लाख २७ हजार ९५२ मत सहित ११ औं स्थानमा रहेको छ ।
यस्तै पुछारमा रहेको नेश्नलिष्ट पुपल्स पार्टीले १ हजार ६९७ मत पाएको छ । समानुपातकमा करिब १ करोड ९ लाख मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here