तेह्रथुम ।। तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर १ आङ्दिम वडा कार्यालय भवन मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ। केन्द्रमा आइतबार दोहोरो मतदान भएको विषयमा विवाद हुँदा पुनः मतदान गर्ने निष्कर्षमा पुगिएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।
अहिले सर्वदलीय बैठक बसिरहेको र पुन: मतदानबारे छलफल भइरहेको उनले जानकारी दिए।
आङ्दिम मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र साटिएका कारण विवाद निस्किएको नेपाली कांग्रेसको भनाइ छ। केन्द्रमा ९२ मत खसेपछि मतपत्र साटिएको जानकारी पाएपनि मतदान प्रक्रिया निरन्तर चलेको थियो। तर मतपेटिका संकलन भएपछि यो विषयमा पुन: विवाद सुरु भएको हो। पुन: मतदानको निर्णय भएपनि मिति भने तोकिसकिएको छैन। केन्द्रमा १ हजार ६ सय ५६ मतदाता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here