रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर मोहमद फिरदोस आलमले बूबाको अधुरो रहेको कामको पूरा गर्नको लागि चुनावी मैदानमा आएको बताएका छन ।
निर्वाचन क्षेत्रमा चुनावको प्रचार प्रसार गर्ने क्रममा राजपुर नगरपालिका ३ पोखरिया डमार टोलमा संचारकर्मीहरु सित संक्षिप्त कुराकानी गर्दै डाक्टर आलमले २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका बुवा मोहम्मद आफताव आलमलाइ नेकपा एमालेले पवार र शक्तिको दम्भमा झूठो मुदामा फसाएको कारण अधुरो रहेको क्षेत्रको विकास निर्माणको कार्य पूरा गर्नका लागि उम्मेदवारी दिएको बताए ।
२०६४ साल चैत्र २७ गते भएको बम विस्फोटको घटनामा कुनै प्रमाण नहुँदा हुदै बुवालाइ फसाएर नेपाली कांग्रेस लाइ नेतृत्व विहीन बनाउने विपक्षीको सोचलाइ असफल बनाउने उद्देश्यका साथ प्रहरीको जागीर छोडेर राजनितिक माँ आएको उनले बताए ।
भौतिक पूर्वाधार , सिचाई , स्वास्थ्य र शिक्षकों अवस्था अझै बलियो बनाउने आफ्नो सोच रहेको बताउँदै डाक्टर आलमले नेपाली कांग्रेसको सरकार भए मात्र मुलुकमा समृद्धि ,अमनचैन तथा प्रेस स्वतंत्रताको ग्यारेन्टी हुन सकिने दावी गरे ।
गंडक नहर सञ्चालनको लागि बुवाले जमुनी नदीमा बैरेज निर्माण गर्ने कार्य शुरुवात गरेको थियो अली काम बाकि रहेको बेला नै फसाउने सडयंत्र भएकोले नहर सञ्चालन हुन नसकेकोमा निर्वाचित भए लगतै पहिलो प्राथमिकतामा अधुरो रहेको जमीनी बैरेजको काम सम्पन्न गराउने प्रतिवद्धता जनाए ।
कृषिमा आधारित किसानहरु रहेकोले सिचाई तथा समयमा मलखाद , विउ विजनको व्यवस्थापन गर्नु पर्ने जोड़ दिए । किसानको पीड़ाबाट अवगत छू त्यसको समाधान गराउने पहिलो एजेंडा हुने छन आलमले भए स्तरीय शिक्षा तथा सुविधा सम्पन विद्यालयको निर्माण गराउने लक्ष्य रहेको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पांच दलीय गठवन्धनका साझा उम्मेदवार रहेका आलमले गठवन्धन भएका दलहरुको उम्मेदवार विच सहकार्यको खचो भएको बताए ।
प्रदेश सभा क मा गठवन्धनबाट लोसपाका उम्मेदवार रहेका शेख जमशैद छूटै प्रचार प्रसार गरी रहेको देखिएको छ ।
सो निर्वाचन क्षेत्रको प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका अशोक जैसवाल र नेकपा एकीकृत समाजवादी पार्टीका कनिश पटेल उम्मेदवार रहेका छन । दुवै उम्मेदवार आ आफ्नो मत माग्ने गरेको बुझिएको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार शैलेन्द्र साह तथा स्वतंत्रबाट किरण साह चुनावी प्रतिस्पर्धामा रहेका छन ।
प्रतिनिधि सभामा दुवै गठवन्धनका उम्मेदवार विच सीधा टक्कर हुने स्थानियहरुले बताएका छन ।
शैलेन्द्र साहको पक्षमा प्रदेश सभा ख मा जनता समाजवादी पार्टीका राम किशोर यादव बलियो अवस्थामा रहेको ले शाह कांग्रेसका उम्मेदवार डाक्टर आलम संग प्रतिस्पर्धा गर्न सकिने छन ।
एमालेबाट प्रदेश सभा क मा मोहमद जैद आलम रहेका छन । आलम प्रदेश सभा क मा अहिले सम्म सम्मान जनक अवस्थामा रहेकोले शैलेन्द्र साह लाइ फायदा हुने स्थानियको भनाइ रहेका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतंत्रबाट चुनाव लडिरहेका प्रभु साहको इशरामा किरण साह चलने गरेकोले मतदाताहरुमा नकारात्मक टिका टिपण्णी हुने गरेको छ ।
प्रदेश सभा क मा एमालेका जैद राजा , स्वतंत्र उम्मेदवार नागेन्द्र सिन्हा , पंकज सिन्हा विच प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।
प्रदेश सभा ख मा जसपाका राम किशोर यादव , नेकपा एसका कनिश पटेल र मनोज यादव विच प्रतिस्पर्धा हुने अवस्था रहेको स्थानियहरुको अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here