धनगढी ।। कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘२’ का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो।
घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको बताइएको छ।
घोडाघोडी नगरपालिका–५ मा घरदैलो कार्यक्रममा प्रयोग गरिएको से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटाइएको छ। गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। उम्मेदवार साउदले भने विपक्षीहरुले नियोजित रुपमा तोडफोड गरेको आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here