रौतहट ।। चुनावी प्रचार प्रसार संगै विभिन्न दल त्याग्दै नेकपा एसमा प्रवेश गर्नेको होड चलेको छ ।
आज वहिवार जसपा नेपाल त्याग गरि दुर्गा भगवती गाउँपालिकाका डाक्टर किसुनलाल महतो सहितका सकडौले रौतहट क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसंग टिका लगाउदै पार्टी प्रवेश गरेका छन ।
दुर्गा भगवती गाउँपालिकाको वार्ड नं. ४ पचरुखि भएको चुनावी कार्यक्रममा उम्मदेवार नेपालले डाक्टर किसुनलाल महतो, उदय महतो सहितलाई टिका पार्टीमा स्वागत गर्दै चुनाव प्रचार प्रसारमा अगाडी बढाएका थिए ।
आसन्न चुनावमा रौतहट क्षेत्र नं. १ माधव कुमार नेपाल र अजय गुप्ता विच मुख्य प्रतिस्प्रदा हुने भनिए पनि उम्मेदवार नेपालको जित निश्चित रहेको स्थानीयहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here