रौतहट ।। रौतहट जिल्लामा मादक पदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको विहिवार संपन्न भएको बैठकबाट निर्वाचन संपन्न नभए सम्मको लागि जिल्ला भरीमा मादक पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय भएको जिल्ला प्रसाशन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साह ले जानकारी गराएका छन ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाइ शान्तिपूर्ण बातावरणमा संपन्न गराउका लागि मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
निर्वाचनको परिणाम घोषणा नभए सम्मका लागि कार्तिक २४ गते देखि जिल्ला भरमा मादक पदार्थको ओसार पसार , विक्री वितरण तथा सेवन कार्यमा निषेध गर्ने जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको जिल्ला प्रसाशन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्णयको अवज्ञा गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने समेत चेतावनी दिइएको छ ।





