रौतहट ।। रौतहट प्रहरीले ठूलो परिमाणमा चीनी बरामद गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ४ सानो लतमरी स्थित भारतबाट अबैध रुपमा नेपालमा भित्रियाएर त्रिपालबाट छोपेर राखेको अवस्थामा प्रहरीले ६ लाख ९८ हजार मूल्य बरावरको १५९ बोरा चीनी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मठियाबाट गएको संयुक्त टोलीले १५९ बोरा चीनी र २५ बोरा पारस डीएपी फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनील कुमार मल्लले जनकारी दिएको छ ।
अलपत्र अवस्थामा बरामद गरिएको १५९ बोरा चीनी र २५ बोरा डीएपी कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
गएको बर्षमा २ करोड़ ३३ हजार ४ सय ६८ रुपैया राजश्व संकलन गरेका नेपाल प्रहरीले चालू आर्थिक बर्षको साउन देखि कार्तिक महीना सम्म १ करोड़ २२ लाख ४८ हजार १ सय ७१ रुपैया राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रहरीद्वारा भारी मात्रामा चीनी बरामद , ४ महिनामा १ करोड भन्दा बढी...





