रौतहट ।। नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव कुमार नेपालले आफु सधै रौतहटको विकासको लागि अग्रसर रहेको बताउनु भएको छ ।
दुर्गाभगवती गाउँपालिका वार्ड नं. ५ वडहर्वा पारी भएको नागरिक भेलालाई सम्बोन्ध गर्दैै उम्मेदवार नेपालले, अवको ५ वर्षमा दुर्गा भगवती गापा सहित क्षेत्र र जिल्लालाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रजातन्त्र लोक्तान्त्रको स्थापना संगै रौतहटको प्रत्येक क्षेत्रमा आफुले जनताको लागि काम गरेको र रौतहटका दुर्गम ग्रमिण भेगलाई ५ ओटा फलामे पुलबाट राजमार्ग संग जोडने काम गरेको हु भन्दै, आफनै पालामा बृद्धभत्ताको शुरुआत भएकोले आफु रौतहट संगै समग्र देश जनताको विकाममा योग्दान गर्दै आएको छु, यसपालीको सरकार गठबन्धकै बन्ने भएकोले रौतहटलाई स्वर्ग बनाउने प्रतिवद्धता व्यक्त गरे ।
छठ लगतै नेपालले आम नागरिक सहित कार्यक्रर्ता भेटघाटमा तिव्रता दिनु भएको हो । रौतहत क्षेत्र नं. १ का युवाहरुको पहिलो रोजाईको रुपमा माधव नेपाल बन्न थालेका छन् ।
मंसिर ४ गते हुने आमनिर्वाचनमा मुख्यत माधव कुमार नेपाल र एमालेका उम्मेदवार अजय कुमार गुप्ता संग प्रतिस्प्रद्धा हुने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here