काठमाडाैं ।। नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डाैकाे याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदाे चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । झन्डै २० हजार शब्द रहेको घोषणापत्रमा देशकाे समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।
घोषणापत्र सार्वजनिक भएसँगै अहिले ‘ओलीसँग लाइभ डिबेट’ सुरु भएकाे छ । यसअघि सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले संविधानको रक्षालाई मूल नारा बनाएर चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here