राैतहट।। नेकपा एसका केन्द्रीय अध्यक्ष ,पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले मंसिर ४ गतेको चुनावलाई सत्य र असत्य बिचकाे लडाइँकाे संज्ञा दिनु भएकोछ । राैतहटको राजदेवी नगरपालिका वडा नम्बर १को मोतिपुरमा आयोजित कोण सभालाई प्रमुख अतिथिकाे आसनबाट सम्बोधन गर्नुहुदै प्रतिनिधि सभा सदस्य उमेदवार समेत रहनु भएका नेता नेपालले सत्यलाई साथ सहयोग गर्नुहुन्छ कि असत्य लाई विचार गर्न जनसमुदायलाई अनुराेध गर्दै आफु सत्यको लागि (सचाईका लागि) लडिरहेको ठोकुवा गर्नु भयो । सत्यलाई साथ दिन आग्रह गर्दै नेता नेपालले सत्य भनेकै न्याय हो अधिकार हाे सबैलाई चाहिन्छ साथ दिन आग्रह गर्नु भयो ।
पुर्व प्रधानमन्त्री नेपालले राम्रो नेतालाई भोट दिएर जिता राम्रो काम हुन्छ । सबैलाई फाईदा हुन्छ । देश हितकाम हुन्छ, संविधानको रक्षा हुन्छ बोल्नु भयो । लुटेरालाई जिताउने कि लुटेरालाई कार्यवाही गर्नेलाई जिताउने उहांले प्रश्न समेत गर्नु भयो ।
राजदेवी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरेश राय यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट मधेस प्रदेश सदस्य पदका उमेदवार नागेन्द्र साहले हाम्रो गठबन्धनका हामी दुबै जना उमेदवारलाई कलम र गाछी छापमा मतदान गर्न अनुराेध गर्नु भयाे ।
साे अवसरमा नेकपा ऐसका जिल्ला अध्यक्ष कमल राय यादव, राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव , गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साह , यमुनामाई गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नन्दलाल राय यादव , वडा नम्बर ४ का अध्यक्ष चेतन राय यादव लगायत का जनप्रतिनिधि तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहनु भएका नेता तथा स्थानिय भद्रभलादमीको विषेश सहभागीता रहयो । यश अधि नेता नेपालले जेठरहिया,भेडियाहि,मलिहिनिया, सरुअठा र झुनखुनमामा आयोजित कोणसभालाई सम्बोधन तथा जनताको घर दैलोमा गई आफुलाई मत दिन अनुराेध गर्नु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here