रौतहट ।। आफु देश र रौतहट जिल्लाको सदैव सेवा गर्दै आएको र अवको बाटो रौतहट क्षेत्र नं. १ सहित जिल्लाको सम्रग विकासको लागि मेरो उम्मेदवारी रहेको पुर्व प्रधानमन्त्री एवम् नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव कुमार नेपालले बताउनु भएको छ ।
आज मात्रै माधव कुमार नेपालले उत्साहजन आम नागरिकको सहभागितामा जिल्लाको तिन ठाउँको कार्यक्रमहरुलाई सम्बोधन गर्नु हुदै, क्षेत्र सहित जिल्लाकै सम्रृद्धी नै मेरो पहिलो प्राथमीकता रहेको बताए ।
आम नागरिक संग प्रत्यक्ष भेटघाटमा व्यस्त रहनु भएको उम्मेदवार माधव कुमार नेपाल रौतहटका जनमानसको रोजाई बन्न थाल्नु भएको छ । नेपाल, जिल्लाको गढो, विसुनपुरवा मानपुर र सुकदेव चौकमा भएको लोक्तान्त्रीक बाम गटबन्धन बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नु भएको हो ।
कार्यक्रमलाई नेपाली काग्रेसका रौतहट क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार कृष्ण प्रसाद यादवको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here