काठमाडाैं ।। निर्वाचन आयोगले भोलि हुने उम्मेदवारी मनोनयनको तयारी पूरा गरेको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगकाका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरिसकेको र सबै निर्वाचन अधिकृतको कार्यालयमामनोनयन दर्ताको तयारी गरिरहेको बताउनुभयो । आयोगले यसअघि नै भोलि बिहान १० देखि साँझ ५ बजेसम्मउम्मेदवारको मनोनयन दर्ताको लागि समय तोकेको छ । ५ बजे भन्दा पछिको समय नदिने पनि आयोगले जनाएको छ । उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन पनि राजनीतिक दलहरूलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिङ्ग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गर्नुभयो । आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न पनि प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । निर्वाचनको दिन व्यवस्थित ढङ्गबाट सार्वजनिक यातायातका साधन चलाइने उहाँको भनाइ रहेको छ ।





