काठमाडौं ।। प्रतिनिधिसभा र प्रदेशसभामा गरी ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् ।
प्रदेश १मा ३६ दलले ६६१ जना उमेदवारको नाम बन्द सूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उमेदवार रहेका छन् ।
त्यसैगरी वाग्मती प्रदेशमा ४१ दलका ८२५ उमेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उमेदवार रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उमेदवार रहेका छन् कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उमेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।





