काठमाडाैं ।। नवरात्रको पाँचौँ दिन, आज स्कन्दमाताको पूजा, आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। त्यसअनुसार आज स्कन्दमाता भगवतीको पूजा गरिँदैछ ।स्कन्दकुमार (कुमार) को माता भएकाले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण चार हात भएको स्कन्दमाताको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । कमलको आसनमा बसेको हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरूले शक्तिस्वरूपा भगवतीको आरधना गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here