रौतहट ।। बस दुर्घटनामा परी घाइते भएका नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव संचारकर्मी रविन्द्र मण्डलको बुधवार राति करीव साढ़े आठ बजेको समयमा निधन भएको छ ।
नककशनल मेडिकल कालेज बीरगंजबाट चिकित्सकले जवाव दिए पछि प्रादेशिक अस्पतालमा आकस्मिक कक्षमा राखिएका मण्डलको मृत्यु भएको हो ।
माधव नारायण नगरपालिकामा कार्यरत रहेका मण्डल नगरपालिकाले भारत सरकारले अनुदानमा दिएको एम्बुलेंस लीन काठमांडू गएर घर फर्किदैं गरेको अवस्थामा गौर बाट काठमांडू चलने माँ कल्याणी रात्रि सेवा बस दुर्घटना हुदा मण्डल घाइते भएका थिए ।
घटना २०७६ साल साउन ३१ गते विहान भएको थियो ! घटना पश्चात् उपचारको क्रममा रहेका मण्डलको ३ बर्ष ५ दिन पछि निधन भएको छ । ३ छोरी २ छोरा भएको मण्डलको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग पुग्ने उदेश्यले रौतहटका सक्रीय संचारकर्मीहरुले बचाऊ अभियान सञ्चालन समेत गरेका थिए ।
अभियानको क्रममा सहयोगीहरुले उहाको श्रीमती मंजू देवी मण्डललाइ नगद सहयोग समेत गरेका छन । ४८ बर्ष को उमेरमा निधन भएका मण्डलको पैतृक गाउ दुर्गा भगवती गाउ पालिका वड़ा नम्बर ३ मत्सरीमा हिन्दू परम्परा अन्तर्गत विहिवार दाह संस्कार गरिएको छ । पत्रकार मण्डलको निधन प्रति नेपाल पत्रकार महासंघले शोक प्रकट गरेका छन ।
माधव नारायण नगरपालिकाले शोकमा विहिवार कार्यालय विदा समेत दिएका छन । नेकपा एमालेका नेता एवं पूर्व नगर प्रमुख अजय कुमार गुप्ताले मण्डलको निधनले एउटा असल मित्र गुमाएको बताएका छन ! गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह , राजदेवी एफ एम् का स्टेशन मैनेजर इंजिनियर त्रिपुरारी गुप्ता , नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता ,रबिन्द्र प्रसाद साह , पूर्व उपाध्यक्ष जय प्रकाश यादव , संचारकर्मी प्रभात कुमार झाले मण्डलको निधनले ठूलो क्षति पुगेको दुःख व्यक्त गर्दै सम्वेदना प्रकट गरेका छन ।





