रौतहट ।। नेपाल पत्रकार महासंघ रौतहटको पूर्व सचिव रविन्द्र मण्डलको उपचारका लागि सहयोगी हातहरु अगाडी आएका छन् । माधवनारायण नगरपालिका कर्मचारी तथा नगर प्रमुख बैजु यादवले १ लाख, नेपाल पत्रकार महासंघ राैतहट शाखाले ५१ हजार, नेकपा एसका नेता विक्रान्त विक्रम नेपालले ५० हजार, राजदेवी एफ एमका स्टेशन मैनेजर त्रिपुरारी गुप्ताले ११ हजार, नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष शैलेन्द्र गुप्ताले ५ हजार माधोपुर निवासी हाल मुम्वई रहेको डा. अजय यादवले ५ हजरा, माधोपुर निवासी नारेन्द्र ठाकुरले दुई हजार ५१ रुपैया पत्रकार मण्डलका श्रीमति मन्जु देवीको खातामा पठाईएको जानकारी प्रप्ता भएको छ ।
वि.स. २०७६ साउन ३१ गते काठमान्डौबाट गौर माँ कल्याणी बसबाट आउने क्रममा दुर्घटना दुर्घटनामा परी घाइते भएका कर्मचारी मण्डल अहिले गम्भीर अवस्थामा पुगेका छन । करीव ४ वर्ष देखि उपचार हुदै आएको मण्डलको अवस्था निकै नाजुक भई जीवन र मृत्युको संघारमा रहेका छन ।
माधवनारायण नपा र महासंघ सहित विभिन्न व्यक्तिको सहयोग मण्डललाई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।