काठमाडाैं ।। राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ । विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको सभापति चयनका लागि आज निर्वाचन हुन लागेको हो । सभापति चयनको लागि दिउँसो १ बजे सम्बन्धीत समितिमा मतदान हुने संसद् सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ । त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाँप्रसाद शर्मा र दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली काँग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ । निर्वाचित सभापतिले आजै दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here