काठमाडाैं ।। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको बताउनुभयो । यो ऐन अनुसार नागरिकता पाउनेहरू मतदाता सूचीमै नरहेको र मतदान गर्न नपाउने भएकाले यो निर्वाचन लक्षित नरहेको उहाँको दाबी रहेको थियो । उहाँले नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गर्ने बेला सम्ममा मंसिर ४ गते आइसक्ने भएकाले यसले निर्वाचनलाई कुनै प्रभाव नपार्ने बताउनुभयो । जन्मसिद्धका सन्तानलाई नागरिकता दिने उद्देश्यले सरकारले विधेयक ल्याएको उहाँले दाबी रहेको थियो । सरकारले सहमतिमा नै र प्रक्रिया पूरा गरेर नै राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको बताउनुभयो ।
नागरिकता बिधेयक निर्वाचन प्रेरित नरहेको गृहमन्त्री खाणको भनाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।