काठमाडौं ।। ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । बिहीबार भएको ग्रान्ड फिनालेमा सोफियाले उक्त ताज पहिरिएकी हुन् ।
ताजसँगै उनलाई एक लाख नगद पुरस्कार र न्युको इलेक्ट्रिक स्कुटरबाट पुरस्कृत गरियो ।
मिस युनिभर्स नेपालका रुपमा उनले महिनावारी समानताबारे अभियानमा काम गर्नेछिन् । उनी ७१ औँ मिस युनिभर्समा नेपालको तर्फबाट सहभागी हुनेछिन् ।
त्यस्तै, विपना अधिकारी फर्स्ट रनरअप, आस्मा कार्की सेकेन्ड रनरअप, सेफिना जोशी थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप भएका छन् । अन्य प्रतिस्पर्धीहरुले पनि विभिन्न विधामा उपाधि जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here