एजेन्सी ।। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले गरिरहेको सम्भावित आक्रमणको जवाफ दिने चेतावनी दिनुभएको छ । युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा आज सन्देश दिँदै राष्ट्रपति जेलेन्स्कीले उक्त चेनावनी दिनुभएको हो । उहाँले चारै तिरबाट खतरमा घेरिएको बेला युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाइरहनु गौरवको विषयमा भएको उल्लेख गर्नुभयो । जेलेन्स्कीले किभ, खारकिभ जस्ता सहरमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षाका नियमहरूको पालना गर्न आग्रह गर्दै कफ्र्यू र हवाई आक्रमणको साइरनलाई ध्यानमा राख्न पनि आग्रह गर्नुभयो । उहाँले रुसको कुनैपनि आक्रमणको जवाफ दिनका लागि हामी तयार रहेको भन्दै युक्रेनमाथि आक्रमणको ६ महिना बितेपनि युक्रेन हतास नभएको बताउनुभयो । रुसले गत फेबु्रअरीमा २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । जुन आक्रमण बढीमा सातादिनमै सकिने भनेर अनुमान गरिएपनि ६ महिनासम्म पनि युद्ध रोकिएको छैन भने दुबै मुलुकबीच कुनै सहमति पनि हुन सकेको छैन ।





