काठमाडाैं ।। आज नेपालमा थप ५४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज ४२१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २६५ जना रहेको छ । मन्त्रालयका अनुसार ५ हजार ६७ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसन र ५४ जना आईसीयूमा उपचारारत छन् । ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज नया सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख ४३ हजार ७४ पुगेको छ ।





