काठमाडाैं ।। एकीकृत समाजवादीले आउँदो मङ्सिर ४ गते तय भएको सङ्घीय चुनावका लागि उम्मेदवार हुने मापदण्ड तय गरेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सिफारिस र छनोटका आधार तय गरेको हो । निर्वाचनमा उम्मेद्वार हुनका लागि एकीकृत समाजवादीको ८ वटा आधार तय गरेको हो । जसमा पहिलो आधार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ । विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ भएको, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति भएकाले उम्मेदवार बन्न पाउनेछन् । कार्यक्षमता राम्रो भएको र सक्रियसँगै समावेशीताको सिद्धान्तविपरीत नहुने आधारहरू तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here