रौतहट ।। निर्माण व्यवसायी संघ रौतहटको ७ औ जिल्ला अधिबेशनको लागि सोमबार भएको मतदान शांतिपूर्वक संपन्न भएको छ ।
गौर नगरपालिकाको सभाहलमा भएको मतदानमा ३१४ जना निर्माण व्यवसायीहरुले मतदान गरेका थिए भने १ जना अनुपस्थित भएका हुन भएका थिए । ३१५ जना मतदाता रहेकोमा ९९ प्रतिशत मत खसेको थियो ।
२० सदस्य जिल्ला कार्य समितिको लागि ४० जना उम्मीदवार प्रतिस्पर्धामा रहेका थिए । राजदेवी नगरपालिकाका पराजित पूर्व नगर प्रमुख धीरेन्द्र कुमार सिंह र इन्जीनियर कृष्ण देव यादव अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा १२ मतले धिरेन्द्रलाई पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।
संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।
सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख निर्वाचित भएको निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।
अध्यक्षको उम्मीदवार रहेका धीरेन्द्र सिंहको समूहमा बरिष्ट उपाध्यक्षमा उपेन्द्र प्रसाद यादव , उपाध्यक्षमा उपेन्द्र यादव , क्षेत्रीय उपाध्यक्ष १ मा पवन किशोर साह , २ को लागि प्रमोद महतो कोइरी , ३ को लागि रंजीत कुमार साह , ४ को लागि राम बशिष्ट राय यादव , महासचिवमा श्री कान्त प्रसाद यादव , सचिवमा कल्याण कार्की , कोषाध्यक्षमा विक्रांत बिक्रम नेपाल , सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी रहेका थिए ।
सदस्यहरुमा प्रमोद कुमार यादव , सुनरजित कुमार गिरी ,नितीश यादव, विनोद बहादुर कुर्मी , मोहमद मनीर शेख , बीरेंद्र यादव, विबेक सिंह , महमद जहाँगीर राकी , रविंद्र नारायण साह रहेका थिए ।





