काठमाडाैं ।। तालिवानले अफगानिस्तानको शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको एक वर्ष पूरा भएको छ ।लामो सङ्र्घषबाट तालिवानले २० वर्षपछी गत अगस्ट १५ तारिखका दिन अफगानिस्तानको सत्ता कब्जा गरेको थियो । तर तालिबान शासकहरूले देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न र गम्भीर मानवीय अवस्थालाई सम्बोधन गर्न नसक्दा उनिहरूमाथीको अविश्वास अझ बढेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । तालिबान नेताहरूको बारम्बार अपील र प्रयासहरूको बावजुद, विश्वको कुनै पनि देशले अफगानिस्तानको इस्लामिक इमिरेट्स (आईईए) लाई मान्यता दिएको छैन । महिलाहरूलाई विभिन्न कुराहरूमा रोक लगाउने तालिवानको नीतिका कारण पश्चिमा देशहरूले तालिवान सरकारमाथी थप प्रतिबन्धको माग गरिरहेका छन् । तर तालिबानले भने अमेरिकाले आफ्नो सरकारलाई मान्यता नदिएर सन् २०२० को दोहा सम्झौताको उल्लङ्घन गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here