रौतहट ।। बढदो जनसंख्या सागोरो सडक बिना नालाको सडक उपयोगमा समस्या हुदै आएको प्रति गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह गम्भीर हुनु भएको छ । आज मेयर साहले गौर नपा ४ टिकुलियाको सडकको कारण भोग्दै आएको जनताको समस्यालाइ निकास दिलाउने प्राविधिक टोलि सहित जनताको घर दैलोमा पुग्दै सडक नाला सहित चौडिकरणको लागि निर्माणको काम अगाडि बढाइएका छन । स्थानीयहरुको माग अनुसार सो बाटोमा जुन बेलापनी हिलो पानी जम्ने गरेकोले स्थानियलाइ आवत जावतमा समेत कठिनाइ रहेको जनगुनासो पश्चात् नगरप्रमुख साहले उक्त स्थानमा पुग्दै समस्या समाधानको प्रक्रिया अगाडि बढाउनु भएको मेयर साहले बताउनु भयो । त्यस क्षेत्रको समस्या यथा सिघ्र समाधान हुने मेयर साहले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here