काठमाडाैं ।। नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताउनुभयो । काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको छ । स्थानीय तहसम्म नै पार्टीलाई पु¥याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ थियो । भट्टराईले जनता समाजवादी पार्टी जातीवादी र क्षेत्रीय भएको आरोप लगाउनुभयो । उपेन्द्र यादव नेतृत्वको पार्टीले जातीय र क्षेत्रीय संकृणताबाट माथि उठेर जनताका मुद्दा उठाउन नसक्ने भट्टराईको भनाइ थियो ।
बिचार मिल्नेसँग तालमेल हुन्छः – बाबुराम भट्टराई
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।