काठमाडौं ।। सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्बभन्दा बढिको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन्।
गन्तव्य परिवारद्वारा सोमबार काठमाडौंमा आयोजित ‘घर एक उद्यमशिल सदस्य अभियान’ को शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्ब ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताए।
नेपालका युवाहरु विदेशका हरेक निकायमा रहेको भन्दै उनीहरुलाई स्वदेशमै परिचालन गर्दै मुलुकको आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए।
सभाभुख सापकोटाले गुन्द्रुक, जनैलगायत पछिल्लो समय खरानी समेत विदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखे। उनले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौं र धरानमा देखिन थालेको जिकिर गरे। युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उनको भनाइ ।





