काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेको छ।
आइतबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार १७७ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर २ हजार ३६० पीसीआर तथा १ हजार ५२८ एन्टिजेन परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here