काठमाडाैं ।। विश्वभरको पासपोर्ट वरीयताको सूचीमा नेपाली राहदानी (पासपोर्ट) कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ । पहुँचको आधारमा १ सय १२ वरीयतामा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १ सय ६ औं स्थानमा परेको छ । यसअनुसार वरीयताको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको मुलुक हो । नेपाल रहेको १ सय ६ औं स्थानमा प्यालेस्टाइन पनि छ । नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । विश्वभरिका देशहरूको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा पुच्छरमा अफगानिस्तान रहेको छ । सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ । जसले १ सय ९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ । जापानसहित सिङ्गापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेयिा, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुकको अग्रस्थानमा छन् ।
विश्वभरको राहदानी सूचीमा नेपाल कमजोर वरीयतामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।