काठमाडाैं ।। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि ७ वटा आरोप लगाएका छन् ।
मंगलवारदेखि काठमाडौंमा शुरू भएको आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा भट्टराईले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा यादवलाई आरोपित गरिएको हो । डा. भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा यादवमाथि वैचारिक, संगठनात्मक, नेतृत्वको पद्धति र मोडालिटी, कार्यशैली, व्यस्थापन एवं सुशासन तथा डेलिभरी शीर्षकमा आरोप लगाइएको छ ।
यी हुन् डा. भट्टराईले यादवलाई लगाएको आरोप
क्षेत्रीय पार्टी बनाउन खोजे
यादवले पार्टीलाई राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने ठाउँमा क्षेत्रीय दलमै सीमित पार्न खोजेको भट्टराईको आरोप छ । देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नदेखिएको उनको निष्कर्ष छ ।
मधेश आन्दोलनको गरिमालाई विस्तार गर्ने की इतिहासमा सीमित गरी त्यसको ब्याज मात्र खाने ? भन्ने प्रश्न गर्दै भट्टराईले मदन परियारको आयोगले दिएको १० प्लस १ प्रदेशको मोडेललाई कसरी विकसित र परिमार्जन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाएका छन्।
संगठन कब्जा गर्न खोजे
पार्टी समायोजनकै बेलादेखि यादवमा ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको उनले आरोप लगाएका छन् । सबै पक्षको सम्मानजनक, यथोचित सहभागिता र प्रतिनिधित्व नगराएको उनको आरोप छ । उनले पार्टी एकता तथा समायोजन सम्पन्न गर्न अनेक झमेला एवं अविश्वास सिर्जना गरी महिनौ अल्झाएर राजनीतिक तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरिएको आरोप लगाएका छन् । केन्द्रीय निकाय तथा विभाग गठन नगरेको, पार्टीभित्र सीमितलाई मात्र अवसर दिएको तथा बाँकीलाई जिम्मेवारीविहीन बनाएको उनको आरोप छ ।
एकल नेतृत्वको प्रयास
डा. भट्टराईले यादवमाथि एकल नेतृत्वकै भरमा पार्टी सञ्चालन गर्दै आएको आरोप लगाइएका छन् । सामूहिक र समावेशी नेतृत्वको आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा एकल अध्यक्ष हुने र एक्लै जे पायो त्यही गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । सामूहिक नेतृत्वको अभ्यासलाई ठोस बनाउन ‘तीन सदस्यीय मुख्यालय’ गठन गरे पनि प्रयोगमा नआएको भट्टराईको आरोप छ ।
आफूखुशी पार्टी सञ्चालन गरेको
अध्यक्षको इच्छाविपरीत विषय वा पक्षमा बहुमत पुग्दा पनि बहुमत कार्यकारिणी सदस्यको निर्णयलाई नमानेर एकलौटी ढंगले पार्टी सञ्चालन गर्दै आएको उनको आरोप छ । कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट भएका निर्णयलाई समेत रुलिङ र माइन्यूट गर्न अनिच्छा देखाउने, माइन्यूट र परिपत्र गर्दा आफू खुशी संशोधन गर्ने गरेको आरोप भट्टराईले लगाइएका छन् ।
त्यसैगरी पार्टीको व्यवस्थापनदेखि भूराजनीतिक सोचका विषयमा समेत उनले यादवमाथि विभिन्न आरोपहरू लगाएका छन् ।
बाबुरामले लगाए उपेन्द्र यादवमाथि ७ आरोप(प्रतिवेदन सहित)
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।