रौतहट ।। समाजित उत्तर्दायित्व निर्वाह गर्दै सनराइज बैंक रौतहट शाखाले समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौर नगरपालिका वडा नं. ४ मा रहेको हनुमान मन्दिरलाई डिजिटल घडी हस्तान्तरण गरेका छन् ।
आज आईतवार बैंकले एक कार्यक्रम गरि बैँक र नागरिकलाई नजिक बनाउने तथा समाजिक उत्तर्दायित्व निर्वाह बैंकले उक्त डिजिटल घडी हस्तनान्त्रण गरिएको शाखाका शाखा प्रमुख सिकिन्द्र यादवले बताउनु भयो । सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास रहेको शाखा प्रमुख सिकिन्द्र यादवले बताउदै, अगामी दिनहरुमा पनि कार्यक्रमको निरंतरता रहने बताए । कार्यक्रममा गौर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष संजय गिरि, मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष लगायत बैंकका कर्मचारीहरु उपस्थित रहेको थियो ।





